site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भौतिक मन्त्रालयले गर्‍यो निर्माण व्यवसायीलाई पाँच अर्ब भुक्तानी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले पाँच अर्ब पाँच करोड रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताएका छन् ।

अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएबमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको उनले जानकारी दिए । “...अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएबमोजिम पाँच अर्ब पाँच करोड भुक्तानी गरेका छौँ । ६० प्रतिशत रकम भुक्तानी गर्न सक्यौँ,” उनले भने ।

आठ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा अझै तीन अर्ब ६६ करोड रुपैयाँ निर्माण व्यवसायीलाई दिन बाँकी रहेको उनले बताए । उनले भने, “बाँकी रकम अपुग हुँदा तीन अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी छ । अर्थ मन्त्रालयबाट त्यो रकम निकासा हुनुपर्नेछ ।”

अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीका निम्ति रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको उनले उल्लेख गरे ।

“भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको यो मन्त्रालयअन्तर्गत आठ अर्ब ७१ करोड थियो,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro