site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

काठमाडौं । पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचारको व्यवस्था गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । 

मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारू अधिकारकर्मी लगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरूप थारू समुदायलाई पायक पर्ने र अधिक बसोवास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

बाँके, बर्दिया, कैलाली कञ्चनपुरलगायत भूभागमा बसोवास गर्ने थारू समुदायका नागरिकहरू सिकलसेल रोगबाट बढी प्रभावित छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro