site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुशल मल्लको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी सिजनका लागि जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् ।

यसअघि, चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्युक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।

बायाँहाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वान्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् ।

नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुंगा पार गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए । एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन् । कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए । दुवैले चितवन राइनोजबाट एनपीएल खेल्ने छन् ।

चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन् ।

"त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–ट्वान्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ," उनले भने ।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी इटन र मल्ल एकै टोलीमा भएको कारण एनपीएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे । "नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए । अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्ने छन् । आफ्नो सिट बेल्ट बाँध्नुहोस्," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro