site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चट्याङ लागेर एकैदिन देशभर १२ जना घाइते 
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । बितेको चौबिस घण्टामा चट्याङ लागेर देशभर १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० देखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा चट्याङ लागेर उनीहरू घाइते भएका हुन् । 

चट्याङ लागेर दैलेखको भगवतीमाई गाउँपालिका–५ मा ६ बालबालिका, जाजरकोटको बारेकोट गाउँपालिका–१ मा तीनजना, गुल्मीको मदाने गाउँपालिका–५ मा दुईजना र प्युठानको नौबहीनी गाउँपालिका–७ मा एकजना घाइते भएको प्राधिकरणले जनाएको छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ गतेदेखि हालसम्म चट्याङ लागेर देशभर ६६ जनाको मृत्यु भइसकेको छ । सोही अवधिमा चट्याङ लागेर २३३ जना घाइते भएका छन् । 

२०८० सालमा चट्याङ लागेर देशभर ४४ जनाले ज्यान गुमाएका थिए भने २२८ जना घाइते भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro