site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्घाखाँचीमा देउसी खेलिरहेकालाई बसले दियो ठक्कर, एक जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । अन्य आठजना घाइते भएका छन् ।

वडा नम्बर ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro