site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नरेश श्रेष्ठ स्मृति क्रिकेटमा सुदूरपश्चिम फाइनलमा प्रवेश
Tiktok banner adTiktok banner ad

विराटनगर । सुदूरपश्चिम मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई पराजित गरेसँगै उसले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताअन्तर्गत पाँच खेल खेलेको सुदूरपश्चिमले चार खेलमा विजयी हुँदै आठ अंक जोडेको छ । सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ । सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोसी प्रदेशसँग खेल्ने छ ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर १२९ रन बनायो । 

वाग्मतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए । यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिम युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको 'प्लेयर अफ द म्याच' घोषित भए । 

एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए । यस्तै, नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दिपक रोकायाले अविजित १२ रनको योगदान दिए । 

बलिङतर्फ वाग्मतीका दिपक सेरलाले दुई विकेट लिए । 

आजै बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमा बलमा सबै विकेट गुमाएर १०१ को योगफल बनायो ।

एक सय दुई रनको लक्ष्य गण्डकीले २६.१ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । गण्डकीले सवै ६ खेल खेल्दा तीनमा जित हात पार्दै प्रतियोतिाबाट बाहिरिएको छ । कर्णाली पनि हालसम्म खेलेका पाँचवटै खेलमा पराजित भई प्रतियोतिाबाट बाहिरिएको छ ।

सोमबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेस प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोसी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro