site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल र अमेरिकालाई इरानका सर्वोच्च नेताले दिए कडा चेतावनी

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले इरान र आफ्ना सहयोगीहरूलाई आक्रमण गर्नेहरूलाई कडा जवाफ दिइने बताएका हुन् ।

खामेनीको बयान अक्टोबर २६ मा इरानमा इजरायलले गरेको हमलासँग सम्बन्धित छ । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

इरानी सञ्चारमाध्यमका अनुसार खामेनीले भनेका छन्, "शत्रु चाहे इजरायल होस् वा अमेरिका, जसले इरान र इरानका सहयोगीलाई चोट पुर्‍योउँछ, उसले अवश्य पनि उचित जवाफ पाउने छ ।"

खामेनीले शनिबार विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट गरेका थिए । त्यस क्रममा खामेनी इजरायल र अमेरिकाविरुद्ध धेरै आक्रामक देखिएका थिए ।

इजरायलको बदला कहिले लिन्छ इरान ?

खामेनीले इजरायल र अमेरिकालाई हमलाको धम्की दिए पनि आक्रमणको समय वा दायराबारे विस्तृत बताएका छैनन् । 

अक्टोबर २६ मा इजरायली हमलापछि ८५ वर्षीय खामेनीले संयम अपनाएका थिए । त्यतिबेला उनले इजरायली आक्रमणलाई बढाइचढाइ वा कम आँकलन गर्न नहुने बताएका थिए ।

इरानबाट इजरायलमाथि ठूलो हमला हुन सक्ने बताइएको छ । शुक्रबारको एक रिपोर्टले खामेनीले देशको राष्ट्रिय सुरक्षा परिषद्लाई इजरायलमा आक्रमणका लागि तयारी गर्न आग्रह गरेको दाबी गरेको छ । खामेनीले इजरायली आक्रमणलाई बेवास्ता गर्नु इरानको हार स्वीकार गर्नु बराबर हुने बताएका छन् ।

इजरायल र इरानबीच गाजामा युद्ध सुरु भएपछि तनाव बढेको छ । यसै वर्षको अप्रिलमा दुवै देशले एकअर्कामाथि मिसाइल प्रहार गरेका थिए । त्यसपछि अक्टोबरमा दुवैले एकअर्कामाथि आक्रमण गरेका थिए । अब फेरि एकपटक इरानी नेताहरूले बदला लिने धम्की दिइरहेका छन्, जसले थप तनाव निम्त्याइरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro