site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ : देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताए ।

“केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुने छ,” उनले भने ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाव दिएर सहयोग गरिरहेको बताउँदै उनले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरूले सरकारको आलोचना गर्नु स्वाभाविक भएको उल्लेख गरे ।

आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने उनको भनाइ थियो । सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग रहने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्