site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा इजरायली हमला : ३० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । प्यालेस्टाइनी स्रोतका अनुसार शुक्रबार गाजापट्टीमा इजरायली हवाई र तोपखानाको आक्रमणमा ३० जनाको मृत्यु भएको छ । इजरायली सेनाले स्ट्रिपका विभिन्न क्षेत्रहरूमा विशेष गरी मध्य गाजामा रहेको नुसेरात शरणार्थी शिविरमा आक्रमणलाई तीव्र पारेको छ ।

प्यालेस्टाइनी चिकित्सकहरूका अनुसार नुसेरात शिविरको उत्तरमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने विद्यालयमा तोपखानाले आक्रमण गरेपछि मेडिकल टोलीहरूले कम्तीमा १० शव निकालेका हुन् । टोलीले नुसेरातका दुई लक्षित आवासीय घरहरूबाट ६ वटा शव निकालेको छ । नुसेरात शिविरका विभिन्न भागहरूमा गरिएको हवाई आक्रमणमा बालबालिका र महिलासहित दर्जनौं प्यालेस्टिनीहरू घाइते भएका छन् ।

मध्यगाजाको देइर अल–बालाहमा, हदाबा क्षेत्रको एउटा घरमा इजरायली हमलामा दुईजनाको मृत्यु भएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टाइनीहरूको भेलालाई लक्षित गरी इजरायली आक्रमणमा दुईजना मारिएका छन् र धेरै घाइते भएका छन् ।

टोलीले गाजा सहरको उत्तरमा रहेको शेख रदवान छिमेकमा रहेको आवासीय घरमा इजरायली हमलापछि चारवटा शव निकालेको छ । इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार २५९ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro