site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा अस्ट्रेलियालाई  ११ रनले पराजित गरेको हो । योसँगै नेपाल समूह विजेता बनेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । प्रतिश जिसीले तीन, लोकेश बम र विवेक यादवले एक-एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएर १११ रन बनाएको थियो । त्यसक्रममा सन्दीप जोराले १६ बल खेलेर पाँच चौका र चार छक्का हान्दै ५१ रन बनाए । लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ३३ रन बनाए । विवेक यादवले १२ रन बनाए भने रसिद खान १२ रन र नारायण जोशी १ रन बनाएर नट आउट रहे ।

जितसँगै नेपाल समूह बी को समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा नेपालले अब श्रीलंकासँग खेल्नेछ । खेल आजै दिउँसो साढे १ बजे हुनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro