
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाव किंग्सविरुद्ध १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार अहमदाबादमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको हो ।
बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । कप्तान रजित पटिदरले २६ रन थप्दा लियम लिभिङस्टोनले २५ र मयंक अग्रवाल तथा जितेश शर्माले समान २४ रन थपे ।
रोमारियो सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन जोडे ।
पञ्जावका अर्शदीप सिंह र काइल जेमिसनले तीन–तीन विकेट लिए । युजवेन्द्र चहल, विजयकुमार व्यासक र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।
यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् ।
आईपीएलको इतिहासमा पञ्जाब १० र बेंगलुरु आठ वर्षपछि फाइनलमा प्रवेश गरेका हुन् । पञ्जाब पछिल्लोपटक सन् २०१४ मा फाइनलमा पुगेको थियो । बेंगलुरुले सन् २०१६ मा फाइनल यात्रा तय गरेको थियो ।