site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा राष्ट्रिय झन्डामाथि भगवा झन्डा फहराएको आरोपमा दुईजना पक्राउ

काठमाडौं । बंगलादेशको चटगाउँमा प्रहरीले राष्ट्रिय झन्डाको अपमान गरेको आरोपमा दुई अल्पसंख्यक हिन्दु युवालाई पक्राउ गरेको छ । चटगाउँको न्यू मार्केटस्थित आजादी स्तम्भमा राष्ट्रिय झन्डामाथि भगवा झन्डा फहराएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो । यस मुद्दामा अन्य १७ जनालाई पनि अभियुक्त बनाइएको छ ।

गत अक्टोबर २५ मा सनातन जागरण मञ्चले आफ्ना आठबुँदे मागलाई लिएर चटगाउँको लालदिघी मैदानमा जुलुस निकालेको थियो । र्‍यालीका क्रममा नयाँ बजार चोकमा रहेको आजादी स्तम्भमा केही व्यक्तिले भगवा झन्डा फहराएका थिए । यस झन्डामा ‘आमी सनातनी’ लेखिएको थियो ।

घटनापछि मोहरा क्षेत्रका फिरोज खानले कोतवाली प्रहरी चौकीमा उजुरी दर्ता गरेका थिए । उक्त मुद्दामा प्रहरीले दुई अभियुक्त राजेश चौधरी र हृदय दासलाई अक्टोबर ३० मा पक्राउ गरेको थियो ।

बंगलादेशमा राष्ट्रिय झन्डाभन्दा माथि कुनै पनि रंगको झन्डा फहराउनु नियमको उल्लंघन हो ।

चटगाउँका इस्कान सचिव चिन्मय कृष्ण दास ब्रह्मचारी उर्फ ​​चन्दन कुमार धरलाई पनि यस मुद्दामा अभियुक्त बनाइएको छ ।

यसअघि ६ अगस्टमा बंगलादेशको खुल्ना जिल्लामा रहेको इस्कान मन्दिरलाई निशाना बनाइएको थियो । जसमा भगवान् जगन्नाथको मूर्ति जलाइएको थियो । यस हमलापछि चिन्मय दासले चटगाउँका अन्य तीन मन्दिर पनि खतरामा रहेको बताएका थिए । तर, हिन्दु समुदायले मन्दिरलाई जोगाउन मिलेर काम गरिरहेका छन् ।

बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार, देशमा नयाँ सरकार गठन भएपछि अल्पसंख्यक समुदायका ४९ शिक्षकले राजीनामा दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro