site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

काठमाडौं । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । 

डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।  

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ,” उनले भने । 

शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो  बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए ।  

डेंगी संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । यस्तै, देशभर २७ हजार १५३ जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ । 

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी संक्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ । 

उपत्यकामा डेंगी संक्रमण पाँच हजार ७४८ जनामा देखिएको छ । काठमाडौंमा चार हजार ६० जना,  भक्तपुर ६२८ र ललितपुर एक हजार ६० जनामा डेंगी संक्रमण देखिएको छ । 

वर्षाको बेला पानीका संकलन गरेर राख्ने, संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो । 

डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro