site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वभर रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुनसक्ने खतरा

काठमाडौं । विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने खतरामा छन् । ‘इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर’ (आईसीयूएन)ले हालै प्रकाशित गरेको रिपोर्टले विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको देखाएको छ ।

रुख विरुवाको विलुप्तीको खतराका बारेमा प्रकाशित यो पहिलो रिपोर्ट हो । आईसीयूएनका अनुसार विश्वभरका ४७ हजार २८२ प्रजातिका रुखविरुवा मध्ये कम्तीमा १६ हजार ४२५ प्रजातिका रुखविरुवा लोप हुने अवस्थामा छन् ।

Dabur Nepal
NIC Asia

रुखविरुवाको सबैभन्दा धेरै विविधता भएको दक्षिण अमेरिकाका १३ हजार ६६८ प्रजातिमध्ये दुई हजार २५६ प्रजाति विलुप्त हुने अवस्थामा पुगेका छन् । कृषि र पशुपालन गर्न गरिने वन विनाशले रुखविरुवा संकटमा परेको आईसीयूएनको रिपोर्टले देखाएको छ ।

पृथ्वीबाट रुखविरुवा लोप भएमा यसले पारिस्थितिक प्रणालीमा समेत गडबडी हुने खतरा आईसीयूएनले औंल्याएको छ । पाँच हजारभन्दा बढी प्रजातिका रुखविरुवा फर्निचरका लागि प्रयोग गर्ने गरिन्छ भने दुई हजारभन्दा बढी रुखविरुवाका प्रजातिबाट औषधि, भोजन र इन्धनका लागि उपभोग गरिन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro