site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सय दिनमा वर्तमान सरकार असफल भएको बताएका छन् । तर, तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको उनले सुनाए । मंगलबार न्युज एजेन्सी नेपालसँग उनले सरकारको सय दिन असफल रहेको उल्लेख गरेका हुन् ।

उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गरे । सरकार निर्माणको उद्देश्य नै गलत रहेको उनले जिकिर गरे । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको उनले बताए । तत्कालै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको उनले स्पष्ट पारे ।

“सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो – यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्ने कुरा त मैले सुरुमा नै भनेको थिएँ,” उनले भने ।

उनले सरकारले जनताका निम्ति काम नगरेको बताए । सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डको भनाइ पढ्नोस्–
सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो – यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्ने कुरा त मैले सुरुमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले, ठाउँको हिसाबले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर, फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र, सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनसाय छैन । किनभने, त्यसो गरेर फेरि जनतालाई हैरान पार्नेभन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर, यो सरकारले राम्रो गरिरहेको छैन । र, यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रहिराख्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro