site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महिला फुटबल टिमलाई भेटेर मन्त्री पौडेलले भने–  स्वास्थ्यमा समस्या देखिए ‍नि:शुल्क उपचार गर्छौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनसिपमा फाइनलको तयारीमा रहेको नेपाली महिला फुटबल टोलीलाई जितको शुभकामना दिएका छन् । सोमबार खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले भारतसँगको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीहरूलाई धन्यवाद पनि दिए ।

मन्त्री पौडेलले एन्फा पदाधिकारी र खेलाडीसमक्ष खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भए निःशुल्क उपचारको व्यवस्था गर्न मन्त्रालयबाट निर्णय गरेको जानकारी दिए । 

Argakhachi Cement Island Ad

"तपाईंहरू उच्च मनोबलका साथ खेल पस्कनुहोला," उनले भने, "स्वास्थ्य समस्या परेमा हामी साथमा छौँ ।"

उनले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपछि राष्ट्रिय टिमका सबै खेलाडीको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता जनाए । यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्