site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुमति नभएको थाई विमान काठमाडौं आएपछि...
Tiktok banner adTiktok banner ad

काठमाडौं । थाई एयर एसियाको काठमाडौंमा अवतरण अनुमति सकिएको विमान आकाशमा घुमिरहेपछि नेपाल नागरिक उड्डयन प्रााधिकरणले अवतरण अनुमति दिएको छ ।

अवतरण अनुमति सकिएपछि पनि थाई एयर एसियाको विमान काठमाडौं आएको थियो । तर, अवतरण अनुमति नदिँदा विमान नेपालको आकाशमा घुमिरहेपछि अवतरण अनुमति दिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार, थाई एयर एसियाको विमान थाइल्यान्डको बैंककबाट काठमाडौं आएको र यात्रु विमानमा होल्डमा भएपछि अवतरणको अनुमति दिइएको हो ।

महाप्रबन्धक निरौलाका अनुसार, विमानको अवतरण अनुमति अघिल्लो दिन सम्मका लागि मात्रै थियो ।

“उनीहरूले बिर्सिएको हुन सक्छ । आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको कारण थाहा नभएको हुन सक्छ,” उनले भने, “मानवीयताका कारण हामीले अवतरण गर्न दिएका हौँ । अब विमानमाथि कारबाही गर्छौं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro