site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा पुनः रुसी आक्रमण, पाँचजनाको मृत्यु

किभ । युक्रेनमा शनिबार गरिएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार, आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीनजनाको मृत्यु भएको छ । किभ र वरपरको क्षेत्रमा गरिएको आक्रमणमा किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

Dabur Nepal
NIC Asia

डिनिप्रो सहरमा आक्रमणमा परी १९ जना घाइते भएका तथा उक्त स्थानका भवन क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताए ।

लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरमा उद्धारकर्ताले भग्नावशेषमा उद्धारको काम गरिरहेका र अस्पतालको कोठाको झ्याल उडेकोे देखाइएको छ । उनका अनुसार, आठ घाइतेलाई उपचारका निम्ति अस्पतालमा भर्ना गरिएको छ । 

रुसले निरन्तर रूपमा किभसहित युक्रेनी सहरमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधारकेन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro