site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन : शेखर कोइराला
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न नसकेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले देशको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपनि सरकारले लक्ष्यअनुसारको काम गर्न नसकेको बताएका हुन् । 

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने बताए । 

कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ । कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउनु उचित नहुने जिकिर गरे । 

सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro