site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कृषि क्रान्तिको युग सकियो : माधव नेपाल
फाइल तस्बिर ।

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् । 

आजबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरुमको उद्घाटन गर्दै उनले अब सूचना प्रविधि (आईटी) को युग सुरु भएको बताए ।

उनले भाे, “यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आईटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सिप हासिल गर्नु आजको आवश्यकता हो ।” 

अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरुरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

उनले भाे, “अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रोतको धनी भएकाले विद्युत् उत्पादन गरेर गाडीलगायत सवारी साधनको प्रयोग र प्रत्येक उद्योग कलकारखाना विद्युत्बाटै सञ्चालन गर्न सरकारले नीति ल्याउनुपर्छ ।”

कार्यक्रममा इलेक्ट्रोनिक कार दिपल कम्पनीको अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय इलेक्ट्रोनिक कारको माग उच्च रहेको र हाल दैनिक सयवटा गाडी बिक्री हुँदा ८० वटा इलेक्ट्रोनिक गाडी रोज्ने गरिएको बताए । रासस
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro