site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिएर विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन् । 

संयुक्त राष्ट्र संघ–दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा उनले राष्ट्र संघले आफूहरूलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्ग निर्देशन गर्नेमा विश्वस्त रहेको बताए ।

Dabur Nepal
NIC Asia

“हामी विश्वस्त छौँ कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र संघको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्ग निर्देशन गर्ने छ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ,’’ उनले भने ।

ओलीले नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग रहेको पनि उल्लेख गरे । “विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने छौँ,’’ उनले भने । 

ओलीले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराए ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट 'यूएन डे' लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्र संघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro