site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सय दिनमा १५ लाख दूध किसानलाई ६० करोड निकासा, रासायनिक मलको बन्दोबस्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको १०० दिनमा देशभरका १५ लाख दूध किसानलाई ६० करोड रुपैयाँ रकम निकासा गरिएको बताएका छन् । 

सरकार गठन भएको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “बितेको एक सय दिनमा, लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको थियो ।”

Argakhachi Cement Island Ad

लामो समयदेखि ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानहरू दूधको भुक्तानी नपाएर कठिनाइमा रहेको उनले जनाए । 

त्यसैगरी, करिब ७५ हजार उखु किसानहरू जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन् । उनीहरूले पनि आफ्नो अनुदानवापतको भुक्तानी पाइसकेको दाबी प्रधानमन्त्री ओलीको छ ।

“कृषिबाली तथा पशुधन बिमामा समावेश भएका हजारौँ कृषकहरूले पनि अब राहतको श्वास फेरेका छन् । बितेको एक सय दिनमा, तिनीहरूको बिमा वापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बिमा प्राधिकरणको खातामा पठाइएको छ,” प्रधानमन्त्री ओलीले भने ।

उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको पनि जनाए । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्