site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको  आरोप लगाएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताए ।

मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गरेको र अदालतले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गरे । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको उनको भनाइ छ । कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताए ।

Argakhachi Cement Island Ad

"माधवजीको विषयमा स्वयं उहाँ नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाइ पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ," उनले भने ।

उनले नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानबिनको दायराभित्र आउने बताए 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्