site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरमै बसेर सबै सरकारी सेवा लिनसक्ने व्यवस्था गर्दैछौँ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै उनले घरमै बसेर सेवा लिन पाउने व्यवस्था गर्न लागिएको बताएका हुन् ।
 
“कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिनसक्ने व्यवस्था गर्दैछौँ,” उनले भने, “यसले सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।” 
 
उनले अब सवारी चालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने व्यवस्था गरिएको बताए । सवारी नियम उल्लंघनको जरिबाना तिर्दा अब जहाँ नियम उल्लंघन भएकै स्थानमा जरिबाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको पनि सुनाए ।
 
सरकारी कार्यालयमा कामका फाइल अड्काउने, कामको समयावधी लम्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिबाट मुक्त गर्न क्यूआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्रयाकिङ’ गर्ने प्रणाली परीक्षणका रुपमा सुरुआत गरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro