site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्ने भएका छन् । ओलीले बुधबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

सत्ता गठबन्धन दलका नेताहरूले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने शुक्रबार बैठक बसेर धारणा सार्वजनिक गर्ने पनि उनले बताए ।

Argakhachi Cement Island Ad

“सरकारमा रहेका राजनीतिक दलका तर्फबाट सरकारले गरेका काम र सामूहिकरूपमा कसरी अघि बढ्ने भन्ने सत्तारूढ दलको बैठक पर्सि दिउँसो ३ बजे बैठक बसेर निष्कर्ष निकाल्ने र सार्वजनिक गर्ने छौँ,” उनले भने ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्