site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
दूरसञ्चार क्षेत्र संकटमा : एनसेलको सेवा ठप्प हुने स्थिति, नियामक मुकदर्शक

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र समस्याग्रस्त बन्दै गएको छ । सरकारी नीति नियम र नियमनकारी निकायको कमजोरीका कारण यस क्षेत्रका कम्पनी र सेवाग्राही समस्यामा पर्न थालेका छन् ।

नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । यो क्षेत्र दूरसञ्चार ऐन, २०५३ अन्तर्गत नियमनमा छ । 

कानुन समयानुकूल हुन नसक्दा सरकारले प्राप्त गर्ने राजस्व, कम्पनीहरुको आम्दानी र आमनागरिकले पाउने सेवादेखि त्यसको शुल्कसम्मको विषय चुनौतीपूर्ण बनेको हो ।

Dabur Nepal
NIC Asia

दूरसञ्चार कम्पनीको सेवा रोकिने स्थिति

नेपालमा मोबाइल फोन, मोबाइल इन्टरनेट लगायत सेवा प्रदान गर्ने दुई मात्रै टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेल छन् । 

सरकारी कम्पनी नेपाल टेलिकमले फाइभ जी परिक्षण तथा विस्तारको काम गर्न सकेको छैन । बिलिङ प्रणालीको समस्या, आन्तरिक चुनौती, सेवा विस्तार, घट्दो आम्दानीलगायत समस्याले नेपाल टेलिकम चुनौतीपूर्ण अवस्थामा छ । 

सरकार र नियामक निकायबाट सहजीकरण नहुँदा यस क्षेत्रको विकास रोकिनुका साथै आम उपभोक्ताहरु मारमा पर्न थालेका हुन् ।  

अर्काे निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको अवस्था झनै चुनौतीपूर्ण छ । घट्दो आम्दानी, विदेशी मुद्रा भुक्तानी सिफारिस रोकिनु, नेवटर्क र माइक्रोवेभ फ्रिक्वेन्सीको अनुमति नपाउनु, व्यान्डविथ आयात काटिनुजस्ता समस्याले एनसेलको सेवा नै रोकिनसक्ने स्थिति बनेको हो ।  

टेलिकम कम्पनीको मोबाइल, इन्टरनेट सेवा विस्तार तथा गुणस्तर सुधारको काम ठप्प छ । 

प्राधिकरणले विभिन्न कारण देखाउँदै सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार उपकरण आयात, ब्यान्डविथ, परामर्श सेवा लगायतका कार्यहरुको भुक्तानीका लागि विदेशी मुद्रा सटही सेवामा रोक लगाउँदा संकट झन चुलिएको कम्पनीको गुनासो छ ।

इन्टरनेट सेवाप्रदायक क्षेत्र उस्तै

हालै सरकारले प्राधिकरण सञ्चालनका लागि ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । एनसेल र ठूला इन्टरनेट सेवाप्रदायकबाट विवादमा रहेको बक्यौता भुक्तानी नहुँदा प्राधिकरणको आम्दानी पनि घटेको छ ।

अर्ब बढी विदेशी मुद्रा भुक्तानीमा रोक

प्राधिकरणले एनसेलका हकमा मात्रै एक अर्ब ५० करोडरुपैयाँ भन्दा बढीको विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस रोकेको छ । एनसेलका अनुसार उक्त रकममध्ये १ अर्ब ५ करोडभन्दा बढी उपकरण खरिदको रकम हो । आठ महिनादेखि उपकरण आयातका लागि अनुमति नपाउँदा सेवाको गुणस्तर खस्किँदै गएको एनसेलको भनाइ छ ।

ब्यान्डविथका लागि भुक्तानी, विदेशी कम्पनीहरुलाई वार्षिक परामर्श शुल्क, विदेशी संघसंस्थाको सदस्यता शुल्क आदीका लागि ५५ करोडभन्दा माथिको भुक्तानी गर्न नसकेको एनसेल स्रोतले बताएको छ ।

यसै कारण दसैं अघिको वर्षा र बाढी, पहिरोको कारण प्रभावित टावर र अन्य उपकरण मर्मत गर्न नसकिँदा नेटवर्कमा कन्जेसन बढेको र गुनासो थपिँदै गएको एनसेलले बताएको छ । बाढी पहिरोको घटानापछि नेटवर्कमा कन्जेसन झण्डै ३० प्रतिशतले बढेको कम्पनीले बताएको छ । 

एनसेलले सरकारले आफुमाथि विभेद गर्दै आएको गुनासो पटकपटक गर्ने गरेको छ । नविकरण शुल्क किस्तामा तिर्न आफुलाई ब्याज पनि तोकिएको तर नेपाल टेलिकमका हकमा त्यसो नभएकोमा समेत कम्पनीको गुनासो छ ।

नेवटर्क र माईक्रोवेभ फ्रिक्वेन्सीका लागि पनि एनसेलले अनुमति पाएको छैन । २१०० मेगाहर्ज फ्रिक्वेन्सीको शुल्कको विवादले गर्दा प्राधिकरणले अनुमति दिएको छैन । यसको कारण ७०० भन्दा बढी टावरहरुको काम पूर्ण रुपमा रोकिएको एनसेलको दाबी छ । यसले दूरसञ्चार सेवा प्रदायकमा निर्भर हुने ह्वावे र जेटीई कम्पनीको नेपाल बजारमा हुने व्यापारमा पनि असर गरेको बताइएको छ । 

सरकारले नेपाल टेलिकमको सहजीकरण रोकेपनि उसलाई विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस आवश्यक नपर्ने हुँदा उसलाई समस्या नरहेको एनसेलको गुनासो छ ।

एनसेलले भने पहिला प्राधिकरण, त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तिममा नेपाल राष्ट्र बंैकको अनुमति लिएर मात्रै विदेशी मुद्रा भुक्तानी गर्न पाउँछ । जुन हाल प्राधिकरणमै रोकिएको छ ।

विगत २ वर्षमा प्राधिकरणमा विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी एनसेलका एक दर्जन भन्दा बढी फाइलहरु अड्किएको एनसेलको गुनासो छ । सञ्चार मन्त्रालयमा समेत डेढ वर्षदेखि फाइल थन्किएको एनसेलको भनाइ छ ।

अनुमति नपाएपछि भुक्तानी गर्न नसक्दा टाटा कम्युनिकेसन सिङ्गापुरले दिँदै आएको ब्यान्डविथ सप्लाई गत असारबाटै बन्द गरेको एनसेलले बताएको छ ।

सरोकारवालाहरुले सरकार आफैले दूरसञ्चार क्षेत्रलाई धरापमा पारेको टिप्पणी गरेका छन् । 

“सेवा प्रदायकलाई सहजीकरण रोकेर कसरी विकास हुन्छ र ? सेवाको गुणस्तर प्रभावित भएको छ, विस्तार रोकिएको छ,” एनसेलका एक अधिकारीले भने, “सेवाको गुणस्तार चुस्त राख्न खर्च गर्न पर्छ, खर्च गर्न सकिएको छैन । ग्राहकका गुनासा बढेका छन् । यसरी नै जाने हो भने कुनै दिन ब्यान्डविथ दिदै आएकाहरुले आपुर्ति बन्द गरिदिए सेवा नै बन्द होला भन्ने डर छ ।”

एनसेलले एलसी खोल्न नपाएको नत टीटी नै गर्न सकेको बताएको छ । आगामी दिनमा ब्यान्डविथसँग सम्बन्धित सेवा वापतको रकम भुक्तानी गर्न नसके अन्य ब्यान्डविथ आपूर्तिकर्ताबाट थप क्यापासिटी सटडाउन हुने र सेवानै अवरुद्ध हुनसक्ने जानकारी एनसेलले प्राधिकरणलाई समेत गराएको छ ।

नेपाल टेलिकमका अधिकारीहरुले समेत पटकपटक आम्दानी घट्दै गएको र टेलिकम क्षेत्र संकटतर्फ धकेलिएको टिप्पणी गर्दै आएका छन् ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणको नेतृत्व सम्हालेका पूर्वअध्यक्ष एवं अधिकारीले पनि टेलिकम क्षेत्र संकटग्रस्त बनेको बताएका छन् । “दूरसञ्चार क्षेत्र समस्यामा छ यसलाई विकास र व्यवस्थित गर्न सरकारले काम गर्न सकेको छैन” प्राधिकरणका एक पूर्वअध्यक्षले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro