site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप, राजवीर र प्रणव विजयी
SkywellSkywell

काठमाडौं । प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार जित हात पारेका छन् ।

ह्याट्रिक उपाधि जित्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप दोस्रो र तेस्रो संस्करणका उपाधि विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई ६–०, ६–२ तथा प्रणवले विपुलविभोर अधिकारीलाई ६–०, ६–० को सोझो सेटमा हराए ।

KFC Island Ad
NIC Asia

सोही स्पर्धामा प्रणव मानन्धरले निजेज महर्जनलाई ६–०, ६–०, आयुशमान हजुर घलेले निश्चल कायश्थलाई ६–०, ६–३, निहालजंगबहादुर थापाले प्रणव वैद्यलाई ६–१, ६–० तथा ऋतिक राणाले बोरिस अधिकारीलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाए । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, इलम दीक्षित, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन, सन्तोष खत्री र कुमार तामाङ विजयी भए ।

सोही उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यात, देव क्षेत्री र दीप राणा, कमलबहादुर भण्डारी र यज्ञ भण्डारी तथा इलम र जितेन्द्रको जोडीले जित हात पारे । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे, मनोजविक्रम शाह, उत्तम शेर्पा र कमल थापा विजयी भए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, छेवाङ लामा र सुमित मैनाली, सुरज श्रेष्ठ र सुरेश श्रेष्ठ तथा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीले सफलता पाए ।

६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणा तथा मनोज राणा र प्रकाश बोगटीको जोडी ले जित हासिल गरे । ५५ वर्षमाथि पुरुष डबल्समा राम राणा र उत्तम बोगटीले प्रतिद्वन्द्वीबाट वाकओभर पाए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–८ गल्र्स सिंगल्समा निम्ति कुँवर र अमिरा गुप्ता फाइनलमा पुगे । सोही स्पर्धाको ब्वाइजमा कायन चालिसे र तोनिश श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । यू–१२ गल्र्स सिंगल्समा आयुशा जिसी, सरा पन्त, मेरिशा थापा र अनुश्री धोजुले जित हात पारे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro