site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल आएका पर्यटक कसरी फर्किने ? यात्रुको यसरी ‘ढाड सेकिँदैछ’ अन्तर्राष्ट्रिय उडानमा 
SkywellSkywell

काठमाडौं । तपाईं एक महिनाअघि भारतको राजधानी नयाँ दिल्ली जाँदा कुनै पनि एयरलाइन्सबाट २० हजार रूपैयाँमा दुईतर्फी टिकट पाउनुहुन्थ्यो । अबको एक महिनापछि तपाईं दिल्ली जाने योजना बनाउनुभएको छ र त्यहीअनुसारको रकम जोहो गर्नुभएको छ भने तपाईंलाई धोका हुन सक्छ !

किनकि तपाईंले सोचेको भन्दा निकै चर्को मूल्य तिर्नुपर्ने अवस्था छ ।

एक महिनापछि दिल्लीको दुईतर्फी भाडा कम्तीमा पनि ७२ हजार रूपैयाँ तिर्नुपर्नेछ । दिल्लीमात्रै होइन तपाईं काठमाडौंदेखि अबको ६ महिना जुनसुकै गन्तव्यमा जाने सोच बनाउनुभएको छ भने तपाईंले अनुमान गरेको भन्दा निकै चर्को मूल्यमा टिकट लिनुपर्ने हुन्छ ।

KFC Island Ad
NIC Asia

कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर सरकारले मर्मत सम्भार गर्न लागेकाले काठमाडौं ओहोर–दोहोर गर्ने विमान कम्पनीहरूको उडान तालिका कटौती गरिदिएपछि यसको प्रत्यक्ष मार यात्रुले खेप्नुपरेको हो ।

सरकारले थोरैमात्रै पनि संवेदनशीलता नदेखाउँदा यस्तो समस्या आएको एक ट्राभल एजेन्सीका अधिकारी बताउँछन् । “विमानस्थल मर्मत सम्भारका नाममा १० घण्टा बन्द गरिनु, त्यो पनि पर्यटक आउने र जाने सिजनमा ?,” उनले आक्रोश व्यक्त गर्दै बाह्रखरीसँग भने ।

विमानस्थल बन्द हुँदा करिब ६ महिना नेपाल भित्रिने र बाहिरिने यात्रुको हवाई यात्रा अस्तव्यस्त मात्रै होइन निकै महँगो रकम तिर्नुपर्ने अवस्था आएको र त्यसको मारमा बढीजसो नेपाली नै पर्ने उनको तर्क छ ।

विमानस्थलले राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरेर काम गर्ने जनाएको छ । दैनिक बढीमा ८ घण्टासम्म बन्द गरेर पनि व्यवस्थित गर्न सकिनेमा त्यसो नगरेर यात्रु र विमान कम्पनीहरूलाई नागरिक उड्डयन प्राधिकरणले अप्ठेरो पार्ने काम गरिरहेको आरोप छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको एक विमान कम्पनीका अधिकारीले बताए । फ्लाई दुवई,  एयर अरेबिया, एयर इन्डिया, कतार एयर, इन्डिगोलगायतका विमान कम्पनीले चारभन्दा बढी उडान गर्दै आएका छन् ।

प्राधिकरणले चारभन्दा बढी उडान गर्ने कम्पनीको उडानमा ५० प्रतिशतले कटौती गरिदिएको छ ।

नेपालमा दसैं–तिहार मनाउन आएका नेपाली र घुम्न आएका विदेशी पर्यटक गरी ३० हजार बढी एक महिनाभित्रै फर्किने यात्रु छन् ।

उनीहरूले बुक गरेको टिकटअनुसार काठमाडौंबाट उडाउन सकिने अवस्था छैन । “यस्तो समस्यामा हामीले के गर्ने के नगर्ने भन्नै सकेका छैनौँ,” ती अधिकारीले भने, “प्राधिकरणसँग हामीले हार–गुहार गरेका छौँ । पर्यटकीय सिजनका बेला भए पनि दैनिक १० घण्टा बन्द नगरेर कम गरिदिनुस् भनेर तर उहाँहरू सुन्न तयार हुनुहुन्न ।”

उनले सरकारले पनि यो कुरा नसुनेको हुँदा त्यसको मार नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई नै परेको बताए । ८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।

मन्त्रालय भने विमानस्थलको काम जसरी सक्नुपर्ने र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाउँछ । भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न मन्त्रालयले आकर्षक प्याकेजसमेत ल्याएको भन्दै विमानस्थल स्तरोन्नति अनिवार्य रहेको पर्यटनमन्त्री बद्री पाण्डे बताउँछन् । 

स्तरोन्नतिपछि विमानस्थलको क्षमता बढ्ने उनको धारणा छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार कात्तिक २३ गतेबाट काम सुरू भएर चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सक्ने योजना छ ।

तर विमान कम्पनीहरू सरकारले भैरहवा र पोखरा विमानस्थलमात्रै देखाएको कुनै पूर्वाधार नै नभएको हुँदा जान सक्ने अवस्था नरहेको अर्का एक अधिकारी तर्क गर्छन् ।

“पोखरामा केही टेक्निकल समस्या छन्, भैरहवा विमानस्थल सञ्चालन गर्ने सरकारको योजना हो भने पहिला नेपाल एयरलाइन्सले दैनिक त्यहाँबाट दुईवटा उडान एक वर्षसम्म गरोस् त !,” उनले भने ।

काठमाडौंदेखि एक महिनामा दिल्ली जानजस्तै अन्य गन्तव्यमा पनि त्यत्तिकै महँगो भाडादर रहेको ट्राभल एजेन्सीका ती अधिकारीले बताए ।

अमेरिका, अष्ट्रेलिया या युरोप जहाँ पनि दिल्लीमा जस्तै महंगो टिकट भएको उनको भनाई छ ।
 
“सिंगापुरसम्मको दुईतर्फी भाडा केही दिनअघिसम्म ६० हजार हाराहारीमा थियो, एक लाख ८० हजारसम्म देखाइरहेको छ,” उनले भने, “यस्तो अवस्थामा कसरी टिकट बेच्न सकिन्छ ? नेपालीको ढाड सेक्ने सरकारको तयारी होइन ? उडान संख्या नै कटौती भएपछि स्वाभाविकरूपमा टिकटको माग बढी रहेको र महंगो पर्न गएको हो ।”

उनले महँगो देखिएको टिकट विमान कम्पनीहरूले बढाएको नभइ मागअनुसार मूल्य निर्धारण भएको बताए ।

यसको सबैभन्दा बढी मार भारत र मध्यपूर्व जाने नेपाली पर्ने उनको भनाइ थियो । “सरकारका सर्त लगभग पूरा नहुने खालका छन्,” उनले भने, “वायु सेवाहरूलाई बाध्यात्मक कन्डिसन दिइ भैरहवा र पोखरा उडान अन्यथा त्रिभुवन विमानस्थलबाट काटिदिन्छु भनेर काटिएको छ । यसको विषयमा बोल्ने को ? हाम्रा लागि बोलिदिने को ?”

व्यावसायिक अन्तर्राष्ट्रिय उडान नपाएका गौतमबुद्ध तथा पोखरा विमानस्थलमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ वटा कार्ययोजना ल्याएको जनाएको छ ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको देखाउन हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डलिङमा ७५ प्रतिशत लगायतका सुविधा छन् । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल त्रिभुवन विमानस्थलको ‘ट्याक्सी वे’ निर्माणमा गर्न ढिलाइ भइसकेका कारण पनि अब निर्णयबाट पछि नहट्ने बताउँछन् । 

कात्तिक २३ गतेदेखि काम सुरू हुने र यसका लागि विन्टर सेड्युल सोहीअनुसार गरेको भुलको भनाइ छ । “कतिपयले ६/८ घण्टामा काम गर्न दिए उडान प्रभावित नहुने भन्ने सुनेको छु,” उनी भन्छन्, “हामीले ८ घण्टा दिँदा थप तीन महिना समय लम्बिन जान्छ । ठेकेदारले १२ घण्टा मागेको थियो । हामीले १० घण्टाभन्दा बढी हुँदैन भनेर सोहीअनुसार गरेका छौं ।”

उक्त अवधिमा तीन निर्माण विमानस्थलको धावनमार्गको उत्तर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम हुनेछ ।

के सुधार गर्न लागिएको हो विमानस्थलमा ? 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हो । करिब ६ वर्षअघि करिब ७० लाख क्षमता रहेको त्रिभुवन विमानस्थल रन–वे स्तरोन्नति गरेपछि १० लाख बढाएको थियो । हाल करिब ८० लाख रहेको ट्क्यासी–वे निर्माणपश्चात १० देखि १५ लाख थपिने हुँदा क्षमता एक करोडको हाराहारी पुग्ने भुल बताउँछन् ।

“हामीले २०७५ मा ‘रन–वे रिह्याबिलेसन प्रोजेक्ट’ भनेर रन–वे रिह्याव गर्‍यौं । यसले विमानस्थलको क्षमता लगभग १० लाख बढ्यो,” उनले भने, “यसपटक ट्याक्सी–वे निर्माण पछि यो संख्या थप हुनेछ ।”

एयरपोर्ट रन–वेमा जाने बाटोलाई ट्याक्सी–वे भनिन्छ । हाल त्रिभुवन विमानस्थलमा पाँचवटा ट्याक्सी–वे रहेको र रन–वेको छेउसम्म पुग्न लामो समय लाग्ने भएको हुँदा विमान उडानमा र अवतरणमा समय बढी लाग्ने गरेको भूल बताउँछन् ।

“हाम्रोमा रन–वेसम्म पुग्ने ट्याक्सी–वे नभएका कारण पनि विमान तीन मिनेट जति बढी समय लिइरहेको छ । रन–वेबाट उडानसम्म एक मिनेटमा हुनुपर्ने काम चार मिनेट लागेको छ । यसलाई रन–वे होल्डिङ क्यापासिटी भन्छ ।

एक मिनेटमा एउटा जहाज उड्नुपर्ने तीन मिनेटमा एउटा उड्यो भनेपछि एक घण्टामा २० वटा जहाज उड्छ । जबकि ६० वटा जहाज उड्नुपर्ने थियो । “त्यो क्षमता बढाउन रनवेको इन्ड–टु–इन्डसम्म ट्याक्सी–वे बनाउन लागेका हौं” उनले भने ।

विमान उडान र अवतरणमा निकै ढिलाई भएको भन्दै ट्याक्सी– वे निर्माणका लागि तीन वर्षअघिदेखि तयारी गरिरहेको क्यान बताउँछ । 

विकल्प नभइ देशकै ठूलो र व्यस्त विमानस्थल १० घण्टा बन्द हुँदा यसले पर्यटन क्षेत्रलाई नै समस्या पार्ने भन्दै भैरहवा र पोखरामा इमिरिग्रेसन, भिसा सेन्टर, श्रम सुविधालगायत व्यवस्थापन गरेपछि मात्रै यता निर्माण अघि बढाएको भुल बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro