site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यस्तो छ हङकङ सिक्सेस खेल्ने नेपाली टिम, यी हुन् प्रतियोगिताका विशेषता

काठमाडौं । हङकङमा हुने हङकङ क्रिकेट सिक्सेसमा नेपाली टिमको कप्तानी सन्दीप जोराले र प्रशिक्षण जिम्मेवारी पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मंगलबार प्रतियोगितामा सहभागी हुने सात खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । जसअनुसार, नेपाली टिममा सन्दीपसँगै लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जीसी, दीपेन्द्र रावत र राशिद खान छन् ।

नोभेम्बर १ देखि ३ सम्म हङकङमा हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड र अस्ट्रेलिया छन् । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । 

कस्तो प्रतियोगिता हो हङकङ सिक्सेस ? 

हङकङमा आयोजना हुने प्रतियोगिताको पहिलो संस्करण सन् १९९२ मा भएको थियो । प्रतियोगितामा एक टिमले पाँच ओभरको इनिङ खेल्ने छन् । जसमा टिमका रहेका सातमध्ये ६ खेलाडी मैदान उत्रिन्छन् । प्रत्येक टिमले आफ्नो पाँच ओभरको इनिङमा विकेटकिपरबाहेक पाँच फरक खेलाडीलाई एक ओभर बलिङ गर्न दिनुपर्ने छ । एक इनिङमा पाँच ओभरमात्र हुने हुँदा यस प्रतियोगिताका प्रत्येक खेलमा आक्रामक ब्याटिङको अपेक्षा रहन्छ ।

खेलका दौरान हुने वाइड र नो बलबाट विपक्षी टिमले दुई रन प्राप्त गर्ने छन् । यस्तै, पाँच ओभरको इनिङ सकिनु अगावै ब्याटिङ गर्ने टिमले पाँच विकेट गुमाए छैटौँ ब्याटरले एक्लै ब्याटिङ गर्न पाउने छन् । जसका लागि उक्त ब्याटरले एक जना रनरअप पाउने छ ।

कुनै टिमका ब्याटरले खेलका दौरान ३१ रन बनाएपछि रिटायर हुने नियम छ । तर, पछिका ब्याटर आउट वा रिटायर भएपछि भने उक्त ब्याटर पुनः मैदान प्रवेश गरि खेल्न पाउने छन् । प्रतियोगिताको फाइनल खेलमा भने एक ओभर आठ बलको हुने नियम छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro