site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अक्टोबर २५ देखि नोभेम्बर ९ सम्म बीडब्लूएफ लेभल वान र लेभल टू कोचिङ कोर्स हुन लागेको जानकारी गराएको हो ।

डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टूमा १४ र लेभल वानमा २० कोच सहभागी हुने ब्याडमिन्टन संघले जनाएको छ । लेभल टू कोचिङ कोर्स अक्टोबर २५ देखि नोभेम्बर १ सम्म (कात्तिक ९–१४) हुनेछ भने त्यसपछि लेभल वान कोर्स नोभेम्बर ९ देखि १४ सम्म (कात्तिक १९–२४) सञ्चालन हुनेछ ।

Dabur Nepal
NIC Asia

चेक रिपब्लिककी मार्केटा, बंगलादेशकी निखिल चान्द्रधार र भुटानका दोर्जीले कोचिङ कोर्स सञ्चालन गर्नेछन् । दुवै लेभलमा ३० प्रतिशत महिला प्रशिक्षक अनिवार्य सहभागी हुनेपर्ने संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए । नेपालमा पहिलो पटक ब्याडमिन्टनको लेभल टू कोचिङ कोर्स हुन लागेको छ ।

"यसअघि लेभल टु कोर्स गर्न मलेसियामा जानुपर्थ्यो । हामीले पहिलो पटक लेभ टू कोचिङ कोर्स पनि नेपालमै गर्न लागेका छौँ । यस कोर्सले नेपाली ब्याडमिन्टन प्रशिक्षकको वृद्धि विकासमा सहयोग पुग्ने अपेक्षा छ," संघका अध्यक्ष श्रेष्ठले भने ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सुरु गरेको ओलम्पिक सोलिडारिटी कोर्सले विकाशील राष्ट्रका खेलाडी र खेलको विकासका लागि सहयोग गर्ने गर्छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत नेपाल ओलम्पिक कमिटीका लागि ओलम्पिक सोलिडारिटी कोर्स गर्न फण्ड आउने गर्छ ।

त्यसैअन्तर्गत ब्याडिमन्टनको ओलम्पिक सोलिडारिटी कोर्स हुन लागेको हो । यस कोर्स सञ्चालन गर्न ओलम्पिक कमिटीले ब्याडमिन्टन संघलाई आठ हजार अमेरिकी डलर प्रदान गर्ने ओलम्पिक कमिटीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्यले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro