site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने प्रहरीको तयारी 

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार रुपन्देही लगिएको छ ।  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज ६ गते पक्राउ परेका थिए ।

जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने तयारी गरेको छ ।

पोखरा प्रहरी स्रोतका अनुसार सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको सहकारी रहेको जिल्लाहरुमा छवि र रविलाई लैजाने तयारी गरेको हो ।

रुपेन्दीसँगै उनीहरुलाई वीरगन्ज, चितवन, काठमाडौंसमेत ल्याइने छ । वीरगन्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् ।

गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने अझैँ फरार छन् । 

संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro