site stats
बाह्रखरी :: Baahrakhari
खेल
वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडौं । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्ट इन्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी फास्ट बलर हुन् । १४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताएका छन् ।

एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।

एनपीएलकै सबैभन्दा मंहगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने तालिका छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्