site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्काललाई रोकियो दल विभाजन गर्ने अध्यादेश 

काठमाडौं । दल विभाजन गर्ने उद्देश्यले ल्याउन लागिएको अध्यादेश तत्कालका लागि रोकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सहमति जनाए पनि कांग्रेसका केही प्रभावशाली नेताहरूले तत्काल अध्यादेश ल्याउन नहुने अडान राखेको स्रोतले जानकारी दियो ।
अहिले अध्यादेश ल्याउँदा गलत सन्देश जाने भन्दै तत्कालका लागि अघि नबढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

मंगलबार पनि गृहमन्त्री रमेश लेखकले केही मन्त्रीसँग कुरा गरेको स्रोतले जानकारी दियो ।

“सभापतिज्यू प्रधानमन्त्रीलाई चिढ्याउन चाहनुहुन्न,” कांग्रेसका एक नेताले भने, “त्यसैले अध्यादेशमा पनि सहमति जनाउनुभएको हो तर विपदका बेलामा अध्यादेश ल्याउँदा राम्रो सन्देश जाँदैन भनेर भन्यौँ । तत्कालका लागि रोकिएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro