site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षण मंसिर १ देखि पुनः सुरु हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको थियो ।

गत आ.व.मा पाँच खेलको ६ महिना तथा थप पाँच खेलको तीन महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । कुनै पनि एसियाली खेलकुद सम्पन्न भएलगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलोपटक हो ।

Dabur Nepal
NIC Asia

एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार गरी आठ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

मंसिरदेखि सुरु हुने विशेष प्रशिक्षणमा पारा तेक्वान्दोसहित १२ खेल समावेश गरिएको छ । ४५ पुरुष र ५४ महिला गरी ९९ खेलाडी विशेष प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षणमा २२ प्रशिक्षकलाई परिचालन गरिने छ । करातेमा समान ५–५ पुरुष/महिला, तेक्वान्दोमा ६ पुरुष र चार महिला, बक्सिङ, उसु, र एथलेटिक्समा समान ४–४ पुरुष/महिला तथा जुडो र कुस्तीमा समान ३–३ पुरुष/महिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् । कबड्डीमा समान १२–१२ पुरुष/महिला तथा महिला भलिबलमा १२ खेलाडी हुने छन् । गल्फमा दुई पुरुष र एक महिला खेलाडी तथा पारा तेक्वान्दोमा समान २–२ पुरुष/महिला खेलाडी समावेश हुने छन् ।

गल्फ र पारा तेक्वान्दोमा समान १–१ प्रशिक्षण हुने छन् भने बाँकी खेलमा २ प्रशिक्षकलाई समेटिने छ । यो आ.व. मा गल्फ, पारा तेक्वान्दो र पुरुष कबड्डी थप गरिएको हो । सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटाअनुसार छनोट गरिएको राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिने निर्देशक विष्टले जानकारी दिए ।

उत्कृष्ट खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइने छ । विशेष प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई दैनिक जनही ५०० खुराक खर्च प्रदान गरिने छ भने प्रत्येकलाई १० हजार मुल्य बराबरको किट्स सेट उपलब्ध गराइने छ ।

असार मसान्तसम्म सञ्चालन गरिने विशेष प्रशिक्षणमा सहभागी सबैको प्रशिक्षण अवधिभर बिमा पनि गरिने छ । विशेष प्रशिक्षणलाई प्रभावकारी बनाउन राय सुझाव र छलफलका लागि राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लको अध्यक्षतामा मंगलबार बैठक पनि बसेको थियो । बैठकमा सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारी, विभागीय प्रमुख, शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro