site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित
फाइल तस्बिर ।

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारीबारे चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्कोबीचको सैन्य सहयोगबारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युनबीच फोन वार्ता भएको थियो ।  

युक्रेनमा रूसको सैन्य कारबाही तथा रूस र उत्तर कोरियाबीचको मामला इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताएका छन् ।  

जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उनले उल्लेख गरेका छन् ।   

नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रीया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबीचको सैन्य सहयोगको विरुद्ध सक्रिय रहि ‘चरणबद्ध उपायहरू’ अवलम्बन गर्ने बताए ।   

वार्ताका क्रममा रुटले उत्तर कोरियाले रूसमा सेना पठाउने निश्चित गरेको ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानसन र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लंघन गरेको बताएका छन् ।   

उनले रूस र उत्तर कोरियाबीचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबीच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गरेका छन् ।   

दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबीचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया गर्न सहमत भएका छन् ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रूसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एह हजार ५०० सय सेना रुसको सुदूरपूर्वमा पठाएको जनाएको थियो । रासस/क्यूएनए 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro