site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४७.४४ अंकले घट्यो नेप्से, आठ अर्ब १८ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा बन्द भएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आठ अर्ब १८ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बिहीबार सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१८ कम्पनीको सेयर मूल्य आज बढेको छ । २२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज इष्टर्न हाइड्रोवारको सेयर मूल्य १० प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको सर्वाधिक ४५ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक घटेको छ । म्युचुअलफ फण्ड समूहको परिसूचक भने स्थिर छ ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro