site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०८४ को निर्वाचनलाई ०६४ मा फर्काउने संकल्प गरेको छु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीबाट अलग भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने संकल्प लिएको बताएका छन् । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा उनले माओवादी धारका सबै दलहरूलाई एकताबद्ध गराएर ०८४ सालको निर्वाचनमा माओवादीलाई ०६४ सालको परिणाममा फर्काउने दाबी गरे ।

"मैले नेतृत्वको हैसियतले आफ्नो ठाउँबाट गर्नुपर्ने सबै काम २०८४ लाई २०६४ मा फर्काउनका लागि गर्ने संकल्प मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा मैले घोषणा गरिसकेको छु । एउटा नयाँ मोड नेपाली क्रान्तिको इतिहासमा नयाँ मोड दिने गरी अगाडि बढने संकल्प मैले गरिसकेको छु, तपाईंहरूले सुनिसक्नु भएको छ," उनले भने ।

उनले समाजवादको उत्पादन आधार तयार पार्न पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको जिकिर गरे । एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायत ऐतिहासिक काम गरिएको पनि बताए ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro