site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनकुने घटनाझैँ सरकार मविरुद्धको पर्साको मुद्दा लुकाएका छौँ ठान्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भनेर भ्रम फैलाएको आरोप लगाएका छन् ।

मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटपछि सञ्चारर्मीको जिज्ञासामा लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए ।

"अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर, सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन । सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नांगो देखिरहेका छौँ । सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो । नांगो भइसक्यो, देखिएको छैन," लामिछानेले भने ।

पार्टीको जिम्मेवारीमा फर्किएपछि लामिछानेले मंगलबार सभामुखलाई भेटेर सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

जवाफमा सभामुख घिमिरेले आफूले लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro