site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पक्राउ परेका रवि लामिछानेको अबको प्रक्रिया के हुन्छ ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।  शुक्रबार बेलुका आफ्नै पार्टी कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संगठित अपराध र सहकारी ठगीमा पक्राउ गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै कास्की प्रहरीको पत्राचारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रविलाई पक्राउ गरी कास्की पठाएको हो । 

सीआइबीका प्रहरी उपरीक्षक एसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले रविलाई पक्राउ गरी कास्की पठाएको हो ।  पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान भए पनि शुक्रबार पक्राउ परेकाले प्रहरीले रविलाई आइतबार मात्र अदालतमा उपस्थित गराउने छ । 

Dabur Nepal
NIC Asia

अनुसन्धानका लागि म्याद मागेर प्रहरीले उपस्थित गराएपछि अदालतले दिएको अवधिभर प्रहरीले अनुसन्धान गर्नेछ । प्रारम्भिक अनुसन्धानबाट थप अनुसन्धान आवश्यक नभएको निष्कर्षमा  प्रहरी पुगेमा सरकारी वकिलको अनुमतिमै पनिे रवि रिहा हुन सक्छन् ।

तर, थप अनुसन्धान आवश्यक देखिएमा भने प्रहरीले सरकारी वकिलमार्फत पुनः अदालतसँग थप समय माग्ने छ ।  प्रहरीले संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ अनुमति पाएकाले ६० दिनसम्म अनुसन्धानको म्याद पाउँछ । 

तर रविको हकमा प्रहरीलाई अनुसन्धान गर्न ६० दिनको समय हुँदैन ।  सोही कसुरमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेकाले रविको पनि अभियोजन छविलालसँगै हुने हुँदा उनको हकमा ६० दिनको समय अनुसन्धानका लागि प्रहरीले पाउने छैन । 

असोज ६ गते सूर्यदर्शन सहकारीकै बचत अपचलनसहित ठगी आरोपमा जोशी पक्राउ परेकाले त्यसको ६० दिनमा प्रहरीले रविसहित पक्राउ परेकाविरुद्ध अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ ।  त्यसैले रवि भने अधिकतम एक महिना केही दिनमात्र प्रहरी अनुसन्धानमा रहन सक्नेछन् । 

अदालतमा मुद्दा दायर भएपछि भने प्रहरीले सरकारी वकिलको रोहबरमा लिएको बयानबाहेक अदालतले छुट्टै बयान गर्नेछ ।  अदालतको बयान सकिएपछि रवि र छवि दुवैको थुनछेक बहस हुने छ । 

थुनछेक बहस सकिएपछि अदालतले आदेश गर्नेछ । अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरे उनी मुद्दाको फैसला नहुँदासम्म वा अधिकतम सजाय अवधिसम्म थुनामा परेपछि माथिल्लो अदालतको आदेशमा रिहा हुनेछन् । चाँडै फैला भएमा फैसलाअनुसार नै सजाय वा सफाइ हुनेछ ।

कीर्ते र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुन सक्नेछ । सहकारी छानबिनका लागि बनेको संसदीय समितिको प्रतिवेदनअनुसार रविलाई यसरी छानबिन गर्न सकिने एक प्रहरी अधिकारी बताउँछन् । सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीबाट गोर्खा मिडियामा ६५ करोड बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro