site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान
SkywellSkywell

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गरेको चियापान कार्यक्रमलाई उनका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएका हुन् । 

विसं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्किएका बीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी संग्रहालयमा लगिएको थियो । 

KFC Island Ad
NIC Asia

त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बीपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गरेका थिए । बीपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका थिए । 

पूर्वमन्त्रीसमेत रहेका नेता कोइरालाले कांग्रेस बीपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बीपीले सुरु गरेको चियापानको परम्परालाई निरतन्तरता दिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा बलिउड नायिका एवं बीपीकी नातिनी मनिषा कोइराला, बीपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी थिए ।  

सो अवसरमा बीपी पुत्र कोइरालालगायतले संग्रहालय परिसरमा रहेको बीपीको पूर्णकदको सालिकमा माल्यार्पण गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro