site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारको न्यूनतम साझा कार्यक्रम : विपद्पछिको पुनर्निर्माण गर्न चालु खर्च कटौती गर्ने

विराटनगर । कोसी प्रदेशको कांग्रेस–एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । कार्यक्रम तय गर्न गठित कार्यदलले मस्यौदा हस्तान्तरण गरेसँगै सरकारको कार्यक्रम सार्वजनिक गरिएको छ ।

न्यूनतम साझा कार्यक्रममा प्रदेशको आफ्नै स्थायी संरचना निर्माण गर्ने, प्राकृतिक विपद्‌बाट भएको क्षतिको मर्मत सम्भार गर्ने र पुनर्निर्माणको गर्न दीर्घकालीन कोष खडा गर्ने, यसबाट भएको क्षति व्यवस्थापन गर्न चालु खर्च कटौती गर्ने र केही पुँजीगत कार्यक्रम स्थगित गर्नेलगायत विषय समेटिएका छन् ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक सदस्य थिए । कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ सदस्य थिए । कार्यदल ६ सदस्यीय थियो ।

मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रम सरकारले लागु गर्ने बताउँदै भने, "अब यसैलाई आधार बनाएर सरकार अघि बढ्ने छ ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro