site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा उभिएर भन्न चाहन्छु – जनताको सुख र मुलुकको समृद्धि होस् : राष्ट्रपति पौडेल
SkywellSkywell

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको विहिबार उदघाटन गरेका छन् ।

उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको सुन्दै आएका बताउँदै यस पूण्य भूमिमा उभिएर प्रार्थना गर्ने बताउँदै भने, "सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि ।"
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।

KFC Island Ad
NIC Asia

“जब मैले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देखे मलाई म स्वर्गमा आएको महशुस भएको छ, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु”, राष्ट्रपति पौडेलले भने,  “ नाट्यश्वरी देवीको मन्दिर प्राङगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु, मलाई बाजुरावासी स्वर्गका वासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईहरुलाई लाग्ला, अब तपाईहरुले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ । ”

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro