site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठहजार माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छा आरोही निमा रिन्जीसँग भेट्ने अवसर

काठमाडौं । हार्ड रक क्याफे काठमाडौंले विश्वका आठहजार माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छा आरोही निमा रिन्जीसँग भेट्ने अवसर जुराएको छ । विश्वका आठहजार मिटर अग्ला चुचुरामध्ये सबै १४ चुचुरा आरोहण गर्ने सबैभन्दा कान्छा पर्वतारोही निमा रिन्जी शेर्पासँग विशेष भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको हो ।

फोर्टिन पिक्स एक्स्पेडिसनसँगको सहकार्यमा आयोजना गर्न लागिएको कार्यक्रममा 'निमा टी'को लन्च पनि गरिने छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रम आगामी शनिबार (अक्टोबर १९) अपराह्न ४ बजेबाट शेर्पा मलमा रहेको हार्ड रक क्याफेमा हुने छ । कार्यक्रममा सहभागीहरूले निमालाई भेट्न सक्ने छन् भने प्रश्नोत्तर सत्रमा पनि भाग लिन सक्ने छन् ।

१८ वर्षीय निमा हालै विश्वका सबै अग्ला चुचुराहरू आरोहण गर्ने सबैभन्दा कान्छा पर्वतारोही बनेका छन् ।

यसबारे थप जानकारी हार्ड रक क्याफे काठमाडौंको सामाजिक सञ्जालबाट लिन सकिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro