-1716985928.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्पराविपरीत संसद्को बैठक सञ्चालन गरेको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसकेको बताए ।
भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरूलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद् भद्रगोल तरिकाले अघि बढाएको आरोप लगाए । संसद् सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताए ।
"बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन । संसदीय मर्यादा परम्परामा संसद् अवद्ध भइरहेको बेलामा वा कुनै पनि एक सांसदले उठेर असहमति जनाइरहेको बेलामा संसद् अवरुद्ध मानिन्छ," उनले भने, "पहिले दुईवटा महत्त्वपूर्ण राजनीतिक पार्टीहरूले देशको महत्त्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरूलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद् भद्रगोल तरिकाले अघि बढाउनुभएको छ ।"
उनले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाए । सरकारमा बसेकाहरूको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताए ।