site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । टर्कीमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीको प्रकोप एजेन्सीले केन्द्रविन्दु दक्षिणी मलात्या प्रान्तको काले जिल्लामा रहेको बताएको छ । भूकम्प करिब १०.०७ किलोमिटर गहिराइमा गएको थियो । त्यहाँ कुनै क्षति हुन नपाएको बताइएको छ । 

भूकम्पको धक्का यस क्षेत्रका दियारबाकिर, इलाजिग, कहरामनमारास, टोकाट, एर्जिनकान, टुन्सेली र अदियामान प्रान्तमा पनि महसुस गरिएको थियो । सावधानीका रूपमा विद्यालयहरू एक दिनका लागि बन्द गरिएको बताइएको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भूकम्पपछि टोलीले क्षेत्रमा फिल्ड स्क्यान सुरु गरेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro