site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुनर्निर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति सरकार गम्भीर रहेको बताएका छन् । उनले सरकार तत्काल पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताए । 
 
खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णय  गरिने जानकारी गराएका छन् । 

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । सीमित बजेटका बाबजुद पुनर्निर्माण र पुनःव्यवस्थापनका काम गर्नुपर्ने उनको भनाइ छ ।
 
फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने ओलीले बताए । 

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोसी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro