काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहारामा बाढी आएको छ । सहारा मरुभूमिमा यसवर्ष परेको झरीले बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सामान्यतय सहारा मरुभूमिमा वर्षभरीमा मुस्किलले केही मिलिमिटर मात्र पानी पथ्र्यो । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार दक्षिणपूर्वी मोरक्कको साहारा मरुभूमि क्षेत्रमा यसवर्ष २४ घण्टामा २५० मिलिमिटर पानी परेको छ । २४ घण्टामा परेको यो पानीले साहारा मरुभूमि क्षेत्रमा बाढी आएको हो । बाढीका कारण सधैँ सुक्खा रहने मरुभूमिमा ताल बनेका छन् ।
मोरक्को सरकारका अनुसार सेप्टेम्बर महिनामा मात्र २४ घण्टामा परेको २५० मिलिमिटर पानीले ५० वर्षदेखि सुख्खा रहेका मरुभूमिका तालहरु भरिएका छन् । मोरक्कोकाे मौसम विभागका कर्मचारी हुसैन योआबेबका अनुसार मोरक्कोमा करिब ५० वर्षपछि २४ घण्टामा यति धेरै पानी परेको हो ।