site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
क्यूएफएक्समा ‘छक्का पञ्जा–५’भन्दा ‘१२ गाउँ’को शो धेरै 

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज (बुधबार) धेरै छ । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो । 

क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान  ६ बजेपछिका लागि ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले ३१ शो पाएको छ । 

मंगलबार क्यूएफएक्सका काठमाडौंका आउटलेटमा यी दुई चलचित्रले बराबर शो पाएका थिए । 

सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो । 

त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा  काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो । सातौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ भन्दा ‘१२ गाउँ’ अगाडि लागेको हो । 

अन्य मल्टिप्लेक्समा भने कुनैमा ‘छक्का पञ्जा–५’का धेरै शो छन् भने केहीमा ‘१२ गाउँ’कै शो बढी छ । 

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् । 

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । 

यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro