site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ज्वाइँ साब’ले ‘अकुपेन्सी’ बढाउँदै, जितु भन्छन्– दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको छ
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ज्वाइँ साब’ले विस्तारै ‘पिकअप’ लिइरहेको निर्माणपक्षले जनाएको छ । सुरुका दुई दिन राम्रो अकुपेन्सी नदेखिए पनि त्यसपछि विस्तारै ‘ज्वाइँ साब’ हेर्ने दर्शकको संख्या बढेको निर्देशक वसन्त निरौलाले जानकारी दिए । 

“सुरुमा हामीले शो टिकाउन सकेनौँ । बुकिङ धेरै नहुँदा शो घट्यो । तर दुई दिनपछि जति शो पाएको छ, त्यसमा दर्शकको अकुपेन्सी बढेर ८० प्रतिशतसम्म पुगेको छ,” निर्देशक निरौलाले भने । 

KFC Island Ad
NIC Asia

‘ज्वाइँ साब’का मुख्य कलाकार जितु नेपाल पछिल्ला दिनमा सिनेमाले राम्रो अकुपेन्सीमा चलिरहेको बताउँछन् । “म विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छु,” उनले भने, “उत्साहजनक रूपमा दर्शकको उपस्थिति भइरहेको छ । सिनेमा हेरेर दर्शकले राम्रो रहेको बताइरहनु भएको छ ।” 

निर्माणपक्षले बक्सअफिस कलेक्सन भने सार्वजनिक गरेको छैन । 

काठमाडौं उपत्यकामा क्यूएफएक्सले शो बाँडफाँट गर्दा ‘१२ गाउँ’ले २२ शो पाउँदा ‘ज्वाइँ साब’ले २१ शो पाएको थियो । फूलपातीका दिन ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ एकै दिन रिलिज भएका थिए । 

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतको पनि यो सिनेमामा अभिनय छ । 

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको सिनेमामा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro