site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायु परिवर्तनले बढ्दैछ महिलामाथि हिंसा !
SkywellSkywell

काठमाडौं । युनिर्भसिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनको चपेटामा परेका देशमा महिला हिंसा बढिरहेको निष्कर्ष निकालेका छन् । जलवायु परिवर्तनले निम्तिने घटनाहरू तुफान, पहिरो, बाढीको दुई वर्षपछि महिलाहरूमाथि हुने हिंसाको बढ्दो दर देखिएको अनुसन्धानबाट पत्ता लागेको हो ।

अनुसन्धानकर्मीले सन् १९९३ देखि २०१९ को अवधिमा १५६ देशमा गरेका ३६३ सर्वेक्षणमा अन्तरंग साथीमाथि हुने हिंसाको तथ्यांक संकलन गरिएको थियो । सर्वेक्षणमा कम्तिमा एकजना अन्तरंग साथी हुने महिला सहभागी थिए । अन्तरंग साथीबाट हुने हिंसामा कुनै पनि प्रकारको शारीरिक र यौन हिंसा समावेश गरिएको थियो ।

अनुसन्धान टोलीले १९० देशमा सन् १९२० देखि २०२२ सम्मको जलवायुसम्बन्धी तथ्यांक पनि संकलन गरेको थियो । त्यसपछि उनीहरूले देशको आर्थिक अवस्था अध्ययन गरेर जलवायु समस्या र अन्तरंग साथीबाट हुने हिंसाबीचको सम्बन्धको विश्लेषण गरे ।

KFC Island Ad
NIC Asia

अनुसन्धानकर्मीले अन्तरंग साथीबाट हुने हिंसा र केही जलवायु–सम्बन्धित घटनाहरू, जस्तै आँधीबेहरी, पहिरो र बाढीबीच महत्वपूर्ण सम्बन्ध रहेको फेला पारे । यस्ता  जलवायु–सम्बन्धित समस्या, भूकम्प र आगलागीको भने अन्तरंग साथीबाट हुने हिंसाबीच स्पष्ट सम्बन्ध नदेखिएको अनुसन्धानमा देखिएको छ ।

कुल ग्राहस्थ उत्पादन (जीडीपी) बढी भएका देशहरूमा अन्तरंग साथीबाट हुने हिंसाको दर कम रहेको पाइएको छ । अध्ययनका अनुसार, अनुसन्धानकर्मीहरू जलवायु परिवर्तनका घटनाहरूले अन्तरंग साथीबाट हिंसा किन बढ्छ भन्ने ठोस प्रमाण जुटाउन भने सकेका छैनन् ।

Royal Enfield Island Ad

तर, अनुसन्धानमा सामेल प्राध्यापक जेनेभिभ म्यानेलका अनुसार गर्मी वा आद्रताले हिंसात्मक÷आक्रामक व्यवहार बढाउँछ । उनका अनुसार जलवायु परिवर्तनले हुने प्राकृतिक विपद्का घटनाले परिवारमा तनाव, खाद्य असुरक्षा र आर्थिक अवस्था कमजोर बनाउँछ जसले  हिंसा बढ्न सक्छ ।
यस्तो विपद्का समयमा प्रहरी नागरिक समाजजस्ता सामाजिक सेवाहरूको उपलब्धता र पहुँच पनि कम हुन्छ । ‘पीएलओएस क्लाइमेट जर्नल’मा प्रकाशित यो अनुसन्धानका अनुसार पितृसत्तात्मक सोच हावी भएका देशमा विपद्को समयमा हुने महिला हिंसाको घटनालाई सामान्य रूपमा लिइन्छ ।

‘द वाशिगंटन पोष्ट’को समाचारअनुसार सन् २०२३ मा केन्याका महिलाले उनीहरूको परिवारलाई खडेरीले गरिबीमा पुर्याउँदा पुरुषहरूले महिलालाई घरबाट निकालेका थिए ।

सन् २०१८ को एक अध्ययन अनुसार स्पेनमा ‘लु’ चलेपछि अन्तरंग साथीहरूद्वारा महिला विरुद्ध हत्या र हिंसाको जोखिम  बढेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार पेरुका महिलाहरू यौन हिंसाको जोखिमबीच पिउने पानीको खोजीमा लामो यात्रा गर्न बाध्य छन् । 

संयुक्त राष्ट्रसंघका अनुसार अगस्ट २००५ मा अमेरिकाको खाडी तटमा क्याट्रिना तुफानपछि मिसिसिपी ट्रेलर पार्क क्षेत्रमा बलात्कारा घटना ५३ गुणाले बढेको थियो । 

अनुसन्धानका अनुसार जलवायु परिवर्तन सिर्जित विपद्ले निम्त्याउने महिला हिंसा न्यूनीकरणका लागि भनेर सामोआ र फिजीले नीति बनाइसकेका छन् । अरु देशले पनि यस्तो नीति बनाउनुपर्ने आवश्यकता अनुसन्धानले औंल्याएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा आधारित ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro